नेपाल इन्स्योरेन्स स्थापनाको ७५ औं वर्षमा प्रवेश
काठमाडौं, ८ असोज । नेपाल इन्स्योरेन्स कम्पनी ७४ वर्ष पुरा गरी ७५ वर्षमा प्रवेश गरेको छ । कोरोना संक्रमणलाई मध्यनजर गर्दै कम्पनीले गतसाता ७५ औं जन्मजयन्ती मनाएको हो । सो अवसरमा कम्पनीले यो यात्रामा साथ दिने सबैलाई आभार प्रकट गर्दै आगामी दिनमा थप प्रभावकारी सेवा प्रवाह गर्ने प्रतिवद्धता जनाएको छ।
इन्स्योरेन्स मुनाफाका हिसावले छैठौ स्थानमा रहेको छ । गत आर्थिक वर्षमा कम्पनीले एक अर्ब २७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको थियो । यस्तै नाफा ३३ प्रतिशतले वृद्धि गरेर ३४ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको जगेडा कोषमा ४२ करोड ६ लाख रुपैयाँ जम्मा भएको छ ।
केन्द्रिय कार्यालय सहित ५० वटा शाखा कार्यालयले निर्जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ । चालू आर्थिक वर्षमा थप १० वटा शाखा विस्तार गर्ने जनाइएको छ । यसका साथै चालू आर्थिक वर्षमा केही विशेष बीमा योजनाहरु ल्याएर व्यवसाय विस्तार गर्ने कम्पनीको योजना छ ।