Date

मङ्ल, बैशाख ३०, २०८२
Tue, May 13, 2025

बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप घट्यो, निजीक्षेत्रमा प्रवाहित कर्जामा झीनो वृद्धि

बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप घट्यो, निजीक्षेत्रमा प्रवाहित कर्जामा झीनो वृद्धि

काठमाडौं, ९ असोज । चालू आर्थिक वर्षको पहिलो महिना साउनमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप घटेको छ भने निजीक्षेत्रमा प्रवाहित कर्जामा झीनो वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो ।

केन्द्रीय बैंकका अनुसार सो अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेपमा १.६ प्रतिशतको कमी आएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ०.१ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा भने गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १९.६ प्रतिशतले बढेको थियो ।

२०७८ साउनमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ७.८ प्रतिशत, ३४.३ प्रतिशत र ४९.५ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ७.७ प्रतिशत, ३२.२ प्रतिशत र ५०.६ प्रतिशत रहेको थियो ।

यसैगरी समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ०.५ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा २९.४ प्रतिशतले बढेको छ ।

सो अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १.१ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह २ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह १.६ प्रतिशतले बढेको छ । साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.२ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.८ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७७ साउन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.१ प्रतिशत र १२.७ प्रतिशत रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *