Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

निर्यात व्यापारमा भटमास तेलकै भर, २ महिनामै साढे १६ अर्बको निकासी

निर्यात व्यापारमा भटमास तेलकै भर, २ महिनामै साढे १६ अर्बको निकासी

काठमाडौं, ९ असोज । निर्यात व्यापारमा पछिल्ला वर्षमा भटमास तेलले उच्च स्थान ओगट्दै आएकोमा चालू आर्थिक वर्षमा पनि यसको अग्रता कायमै रहेको छ । २ वर्षअघिसम्म निर्यातमा प्रमुख हिस्सा रहने पाम आयलको निकासीमा भारतले प्रतिबन्ध लगाएपछि पहिलो स्थानमा रहेको भटमासको तेलको निकासी चालू आर्थिक वर्षको २ महिनामा सबैभन्दा बढी छ ।

भन्सार विभागले सार्वजनिक गरेको साउन–भदौको वैदेशिक व्यापारको तथ्यांक अनुसार विगत २ महिनामा भटमासको तेल १६ अर्ब ४८ करोड १५ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । सो अवधिमा ७ करोड ३४ लाख ४४ हजार ८१५ किलो भटमासको तेल निकासी भएको हो ।

एक महिना अवधिमै भटमासको तेल निर्यात करिब दोब्बर भएको देखिन्छ । साउनमा ८ अर्ब ९८ करोड ६४ लाख रुपैयाँ बराबरको ४ करोड ४८ हजार ७०१ लिटर तेल निर्यात भएको थियो ।

विगतमा एक वर्ष ठप्प रहेको पाम आयलको निकासीमा भारतले प्रतिबन्ध खुकुलो बनाएपछि यसको निर्यात पनि क्रमशः बढ्न थालेको छ । साउनमा ९४ करोड ३९ लाख रुपैयाँ बराबरको ५० लाख ७५ हजार लिटरभन्दा बढी पाम आयल भारत निकासी भएकोमा भदौमा बढेर २ अर्ब ६२ करोड ४६ लाख रुपैयाँ पुगेको छ । सो अवधिमा १ करोड ३९ लाख ७० हजार लिटरभन्दा बढी पाम आयल निर्यात भएको भन्सार विभागको तथ्यांक छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x