६१ अंकले घट्यो शेयर बजार, साढे ६ अर्बको कारोबार
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २.१७ प्रतिशत घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ६१.२७ अंकले घटेर २७५८.४८ विन्दुमा झरेको हो । कारोबारमा आएका २३३ ओटा कम्पनीको १ करोड ४४ लाख ९४ हजार २६० कित्ता शेयर ६ अर्ब ५० करोड रुपैयाँमा खरीदविक्री भएको छ ।
कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये म्युचुअल फण्डको परिसूचक ०.२१ प्रतिशत बढेको छ भने बाँकी सबै समूहको परिसचूक घटेको छ ।
यो दिन सर्वाधिक शेयर खरीदविक्री अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको भएको छ । यो दिन उक्त कम्पनीको ३३ करोड ९५ लाख ७३ हजार रुपैयाँको शेयर खरीदविक्री भएको हो ।
आइतबार अधिकांश वित्त कम्पनीहरुको शेयरमूल्य घटेसँगै वित्त समूहको परिसूचक सबैभन्दा बढी अर्थात् ५ .८९ प्रतिशतले घटेको छ ।