Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

उद्योग संगठन मोरङले औद्योगिक सर्वेक्षण सुरु गर्यो

उद्योग संगठन मोरङले औद्योगिक सर्वेक्षण सुरु गर्यो

बिराटनगर, ११ असोज । उद्योग संगठन मोरङले सुनसरी मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक तथ्याकं संकलन सुरु गरेको छ। तथ्य र तथ्याकंमा आधारित नीतिगत बहस र पैरवी सञ्चालन गर्न सबै औद्योगिक प्रतिष्ठानहरुको औद्योगिक तथ्याकं संकलन गरि डाटाबेस तयार गर्ने लक्ष्यका साथ सुनसरी–मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक सर्वेक्षण – २०७८ सुरु गरेको संगठनका अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए ।

एक पटक यस्तो डाटाबेस तयार भएपछि नियमित रुपमा अद्यावधिक गरिने योजना रहेको उनले जानकारी दिए । संगठनले सञ्चालन गरेको औद्योगिक सर्वेक्षणले सुनसरी र मोरङ गरि संगठनका सदस्य औद्योगिक प्रतिष्ठानहरुको सबै र बाँकी अन्य उद्योगहरुको समेत तथ्याकं संकलन गरिने कार्यक्रम रहेको संगठनका महानिर्देशक चुडामणी भट्टराईले जानकारी दिए । उनका अनुसार उद्योगका विविध आयामहरु समेटिएका करिब १०० वटा प्रश्नहरु लिएर ५ जना गणकहरु तथ्याकं संकलनका लागी सबै उद्योग प्रतिष्ठानहरु पुग्ने छन ।

संगठनले तथ्याकंको गुणस्तरियतालाई मध्येनजर गर्दै गणकहरुका लागी २ दिनको तालिम समेत सञ्चालन गरेको थियो । महानिर्देशक भट्टराईका अनुसार गणकहरुले मोवाइल एपबाट तथ्याकं संकलन गर्ने छन र यसरी संकलन गरिएको तथ्याकंको गुणस्तरीयता अनलाइन बाटै मोनिटर गर्न सकिने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x