Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

बुद्धभूमिक नेपाल हाइड्रोपावरको आइपीओ आजदेखि बिक्री खुला

बुद्धभूमिक नेपाल हाइड्रोपावरको आइपीओ आजदेखि बिक्री खुला

काठमाडौं, ११ असोज । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले आजदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले ८ करोड रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो ।

प्रतिकित्ता १०० अंकित मूल्यका दरले ८ लाख कित्ता साधारण आइपीओ निष्कासन गरेको छ । यस मध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् १६ हजार कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ भने बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आइपीओमा असोज १४ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्ने जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x