Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

दशैंका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुल्यो

दशैंका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुल्यो

काठमाडौं, ११ असोज । सरकारले दशैंमा घर जाने यात्रुहरुलाई लक्षित गर्दै लामो र मध्यम दुरिको सवारी साधनको अग्रिम टिकट बुकिङ आजदेखि खुलाएको छ । यातायात व्यवस्था विभाग, यातायात व्यवसायी, नेपाल प्रहरी र ट्राफिक प्रहरीबीच भएको संयुक्त छलफल भएको छलफलका आधारमा आजदेखि टिकटको अग्रिम बुकिङ खुलाइएको हो ।

उपत्यकाका विभिन्न १४ स्थानबाट अग्रिम टिकट लिन सक्ने जनाइएको छ। टिकट काउण्टरका साथै मोबाइल एप तथा अनलाइनमार्फत बाटै टिकट काट्न सकिने व्यवस्था गरिएको छ ।

दशैंमा उपत्यकाबाट घर जाने यात्रुहरुले असार २७ मा समायोजन भएको नयाँ भाडादर तिर्नुपर्ने छ । उक्त मितिमा सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा समायोजन गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x