Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

दसैँ नजिकिएसँगै बजारमा चहलपहल बढ्न थाल्यो, उपभोक्ता आकर्षित गर्न विभिन्न कम्पनीका छुट अफर

दसैँ नजिकिएसँगै बजारमा चहलपहल बढ्न थाल्यो, उपभोक्ता आकर्षित गर्न विभिन्न कम्पनीका छुट अफर

काठमाडौं, ११ असोज । दसैँ नजिकिएसँगै बजारमा चहलपहल बढ्न थालेको छ । दसैँकै अवसर पारेर रेमिट्यान्स सेवा प्रदायक कम्पनी, अटो विक्रेता र खाद्य सामग्री विक्रेताहरूले विभिन्न अफर र सहुलियत सार्वजनिक गर्न थालेका छन् । दसैँलाई लक्षित गरेर आइएमई रेमिटले ‘डबलको डबलको डबल अफर’ सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत आइएमईमार्फत विदेशबाट रकम पठाउँदा ८ गुणासम्म रकम प्राप्त सकिने आइएमई ग्रुपका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले जानकारी दिए ।

त्यसैगरी बजारमा अटो विक्रेताहरुले पनि धमाधम दसैँ अफर सार्वजनिक गर्न थालेका छन् । विभिन्न कम्पनीहरुले नगद छुट, एक्सचेञ्ज, स्क्र्याच कार्ड डिस्काउन्ड, एक वर्षको बीमा लगायतका योजना सार्वजनिक गरेका छन् ।

दसैँलाई लक्षित गरी व्यवसायीहरुले लत्ता कपडा, जुत्ताचप्पल र दैनिक उपभोग्य सामग्रीमा समेत छुट दिएका छन् । सरकारले समेत सहुलियत पसल नै सञ्चालन गरी उपभोक्तालाई दैनिक उपभोग्य वस्तुमा छुट उपलब्ध गराउँदै आएको छ ।

दसैँ तथा तिहारका बेला व्यापारीहरुले खाद्य वस्तुका साथै लत्ता कपडा तथा अन्य उपभोग्य वस्तुमा बढी मूल्य लिन सक्ने भएकाले सरकारले बजार अनुगमनलाई पनि तिब्रता दिएको छ । चार्डपर्वका बेला बजारमा अखाद्य सामग्रीको विक्रीवितरण गर्ने व्यापारीलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कानुनी कारबाही समेत गर्ने गरिने महानिर्देशक प्रकाश पौडेलले जानकारी दिए ।

विभागले गरेको नियमित अनुगमनमा खाद्य सामग्री विक्रेताहरुले म्याद नाघेका सामग्री बढी बेच्ने गरेको भेटिएकाले उपभोक्ता आफै सचेत भएर सामान खरिद गर्न पनि आग्रह गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x