Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

३ खर्ब ३३ अर्बको अन्तर–बैंक कारोबार

३ खर्ब ३३ अर्बको अन्तर–बैंक कारोबार

काठमाडौं, ११ असोज । चालू आर्थिक वर्ष २०७८÷७९ को पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाबीचको कारोबार (अन्तर–बैंक) ३ खर्ब ३३ अर्ब ४६ करोड रुपैयाँ बराबरको भएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार सो अवधिमा वाणिज्य बैंकहरूको मात्रै ३ खर्ब ५ अर्ब ५५ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरुबीच बाहेक)को २७ अर्ब ९१ करोड रुपैयाँ बराबरकोे अन्तर–बैंक कारोबार भएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको रू. १ अर्ब र अन्य वित्तीय संस्थाहरुको रू. ११ अर्ब ७१ करोड गरी कुल रू. १२ अर्ब ७१ करोड अन्तर बैंक कारोबार भएको थियो ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७७ साउनमा ०.०२ प्रतिशत रहेकोमा २०७८ साउनमा २.१३ प्रतिशत रहेको छ । मौद्रिक नीतिको संचालन लक्ष्यको रुपमा लिइने औसत अन्तर–बैंक ब्याजदर २०७८ साउनमा २.१८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो ब्याजदर ०.३ प्रतिशत रहेको थियो ।

वाणिज्य बैंकहरूको औसत आधार दर २०७७ साउनमा ८.०८ प्रतिशत रहेकोमा २०७८ साउनमा ६.७१ प्रतिशत कायम भएको छ । २०७८ साउनमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ४.७६ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ८.४८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्ता दरहरु क्रमशः ५.७७ प्रतिशत र १०.४७ प्रतिशत रहेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x