Shangrila

सानिमा बैंकले आफ्ना ग्राहकका लागि ल्यायो ‘दशैं धमाका’ योजना

काठमाडौं, ११ असोज । दसैँको अवसरमा सानिमा बैंकले आफ्ना ग्राहकहरुको लागि ‘दशैं धमाका’ योजना सार्वजनिक गरेको छ । अनलाइन सपिङ्ग पोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त हुनेछ ।

यो योजना अन्तर्गत बैंकको डेबिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गरी भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् २ हजार रुपैयाँसम्मको छुट र क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् २५ सय रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने जनाइएको छ। यस्तै क्रेडिट कार्ड प्रयोगकर्ताहरुले सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई ‘फर्स्ट कम, फर्स्ट सर्भिस’को आधारमा छुट प्रदान गरिने बैंकले जनाएको छ। यो योजना यही असोज १० गतेदेखि १८ गतेसम्म ९ दिनका लागि मात्र लागू हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *