Date

आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025

१० प्रतिशतले घट्यो बैंक तथा वित्तीय संस्थाको धितोपत्र बजार पूँजीकरण

१० प्रतिशतले घट्यो बैंक तथा वित्तीय संस्थाको धितोपत्र बजार पूँजीकरण

काठमाडौं, १२ असोज । धितोपत्र बजार पूँजीकरणमा बैंक तथा वित्तीय संस्थाको हिस्सा घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको पहिलो पहिना (साउन)को तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको बजार पूँजीकरणको हिस्सा १० प्रतिशतले घटेको हो ।

धितोपत्र बोर्डको तथ्यांकका आधारमा केन्द्रीय बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनले गत साउनमा धितोपत्र बजार पूँजीकरणमा बैंक तथा वित्तीय संस्थाको हिस्सा ६८.२ प्रतिशत रहेको देखाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यो ७८.३ प्रतिशत रहेको थियो ।

गत साउनमा जलविद्युत् कम्पनीको हिस्सा ९.८ प्रतिशत, लगानी कम्पनीको ८.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.९ प्रतिशत, होटेलको हिस्सा १.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ७.८ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७८ साउनसम्ममा सूचीकृत ५ अर्ब ८५ करोड शेयरको चुक्ता मूल्य रू. ५७५ अर्ब ५० करोड रहेको छ । सो अवधिमा रू.१३ अर्ब ७५ करोड बराबरको डिबेन्चर, रू. २ अर्ब ८८ करोड बराबरको साधारण शेयर, रू. ५७ करोड ३९ लाख बराबरको बोनस शेयर र रू. ५२ करोड ४१ लाख बराबरको हकप्रद शेयर गरी कुल रू. १७ अर्ब ७३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रू. ३ अर्ब बराबरको म्युचुअल फण्ड, रु.१ अर्ब ५७ करोड बराबरको साधारण शेयर र रू. २४ करोड ३३ लाख बराबरको हकप्रद शेयर गरी कुल रु.४ अर्ब ८२ करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *