एनवाइइएफको १८औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं, १२ असोज । युवा उद्यमीहरुको संस्था एनवाइइएफले आफ्नो १८औं वार्षिकोत्सव यही २६ सेप्टेम्बर २०२१ मा एक कार्यक्रमको आयोजना गरी मनाएको छ । यो संस्था सानो संगठनको रुपमा विकसित हुँदै देशभरीका यूवा उद्यमीहरु संगठित भई हाल सातै प्रदेशमा यसको च्याप्टरहरु रहेको छ । सन् २००३ देखि यूवा उद्यमीहरुलाई सहयोग र उनीहरुको व्यवसायलाई प्रबद्र्धन गर्दै यूवाहरुबीच अनुभवको आदान–प्रदान, तालिम, बहस तथा अन्तकृया जस्ता कार्यव्रmमहरुमा यो संस्था क्रियाशील छ ।
सो अवसरमा अध्यक्ष उदीप श्रेष्ठले भने, “हामीहरु एनवाइइएफको इतिहासमा संस्थाको प्रगतिको लागि महत्वपूर्ण पाईला चाल्दै आएका छौं । यो वार्षिकोत्सव पारिवारिक भेटघाट जस्तै भएको हुँदा यसको आफ्नै महत्व छ । समान सोच र उद्देश्य भएका यूवाहरुबीच काम गर्न पाउदा हामीलाई अत्यन्त गौरवको अनुभूती भएको छ ।”
कार्यव्रmममा उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रलयका सचिव अर्जुन पोखरेलले एनवाइएफका पदाधिकारी तथा सदस्यहरुलाई बधाई र सफल कार्यकालको शुभकामना दिदै संस्थाको आगामी दिनमा उत्तरोत्तर प्रगति होस् भनी कामना गरे । साथै युवा उद्यमीहरुलाई आवश्यक सहयोग गर्न मन्त्रालय सधै तयार रहेको बताए ।
सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुङ्गेलले पनि १८औं वार्षिकोत्सवको लागि शुभकामना सन्देश पठाएका थिए ।