कुमारी बैंकको लाभांश घोषणा

काठमाडौं, १२ असोज । कुमारी बैंकले आर्थिक वर्ष २०७७/७८ को लाभांश घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिले चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र २.६७ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । बैंकको हालको चुक्ता पुँजी १३ अर्ब ८७ करोड रुपैयाँ छ ।
आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण राष्ट्र बैंकबाट स्वीकृत भएपछि साधारणसभाबाट लाभांश पारित हुने छ ।