Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

शेयर बजार घट्ने क्रम रोकिएन, सबै समूहको परिसूचक घट्यो

शेयर बजार घट्ने क्रम रोकिएन, सबै समूहको परिसूचक घट्यो

काठमाडौं, १२ असोज । लगातार ओरोलो लागेको शेयर बजार साताको तेस्रो कारोबार दिन मंगलबार पनि घटेर बन्द भएको छ । सोमबार ७३.०५ अंकले घटेको बजार मंगलबार ७०.०१ अंकले घटेर २६१५.४० विन्दुमा रोकिएको छ ।

२१८ कम्पनीको १ करोड ३० हजार ३४ लाख कित्ता शेयर ५ अर्ब ७४ करोड ५४ लाख रुपैयाँमा खरिद विक्री भएको छ । आज सर्वाधिक शेयर मूल्य वृद्धि मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । यो कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएर १ हजार ७५३ रुपैयाँ कायम भएको छ । आज सर्वाधिक शेयर मूल्य घट्नेमा हिमालयन पावर कम्पनी लिमिटेड, नेपाल हाइड्रो डेभलोपर लिमिटेड, गोर्खाज फाइनान्सलगायत रहेका छन् । हिमालयन पावर र नेपाल हाइड्रोको शेयर मूल्य १० प्रतिशतले घटेको छ भने बाँकी ५ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ ।

सर्वाधिक मूल्यको शेयर खरिद विक्री कुमारी बैंक लिमिटेडको भएको छ । यो कम्पनीको १८ करोड ८२ लाख २७ हजार रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको शेयर मूल्य ३०३ रुपैयाँ कायम भएको छ ।

आज कारोबारमा आएका १३ समूहकै परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा फाइनान्स समूह रहेको छ । यो समूहको परिसूचक ७.३७ प्रतिशतले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x