Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

रिज लाईन ईनर्जीको आईपीओ निष्कासन तथा विक्री प्रवन्धकमा प्रभु क्यापिटल

रिज लाईन ईनर्जीको आईपीओ निष्कासन तथा विक्री प्रवन्धकमा प्रभु क्यापिटल

काठमाडौं, १२ असोज । रिज लाईन ईनर्जीले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक (आईपीओ) निष्कासन तथा विक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौता मंगलबार सम्पन्न भएको हो । सम्झौतामा रिज लाईन ईनर्जीका तर्फबाट वसन्त गिरी र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गर्नुभएको छ ।

कम्पनीले गोरखा जिल्लाको अजिरकोट २ मा अवस्थित चेपे नदीमा ९.०५ मेगावाट क्षमताको सुपर चेपे हाइड्रोपावर आयोजना निर्माण गरीरहेको छ । कम्पनीले अधिकृत तथा जारी पूँजी ६९ करोड ४२ लाख ९० हजार को ३० प्रतिशतले हुन आउने रु. २० करोड ८२ लाख ८७ हजार रकम बराबरको २० लाख ८२ हजार ८ सय ७० कित्ता शेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको जानकारी दिइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x