Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

राष्ट्रिय वाणिज्य बैंकको पोइन्ट अफ सेल कारोबारमा क्यास ब्याक अफर

राष्ट्रिय वाणिज्य बैंकको पोइन्ट अफ सेल कारोबारमा क्यास ब्याक अफर

काठमाडौं, १२ असोज । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले दशै, तिहार, नेपाल सम्वत् एवं छठ लगायतको पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पोइन्ट अफ सेलको माध्यमबाट प्रति कारोबार १ हजार रुपैयाँ वा सो भन्दा बढीको कार्ड स्वीप गर्दा क्यास ब्याक हुने अफर ल्याएको छ । यो योजना असोज २१ गतेदेखि कार्तिक २४ गतेसम्म लागू हुने छ ।

देशभर विभिन्न व्यवसायहरुमा रहेको पोइन्ट अफ सेल माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डमार्फत बैंककै कार्ड स्वीप गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक हुने बैंकले जनाएको छ । यस अन्तर्गत ३ देखी ५ पटकको कार्ड स्वीपमा अधिकतम क्यास ब्या ५०० रुपैयाँ, ६ देखी १० पटकको कार्ड स्वीपमा अधिकतम क्यास ब्याक ७५० रुपैयाँ, ११ देखी १५ पटकको कार्ड स्वीपमा १ हजार रुपैयाँ मध्ये जुन कम हुन्छ सो वराबरको रकम क्यास ब्याक हुने बताइएको छ ।

बैंकको हाल २४८ वटा शाखा कार्यालय, २१६ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ्गमार्फत सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x