Date

बुध, बैशाख १०, २०८२
Wed, April 23, 2025

माथिल्लो आँखुखोलामा पाँच बैंकले साढे ५ अर्ब ऋण लगानी गर्ने

काठमाडौं, १३ असोज । धादिङको रुवीभ्याली र खनियाबास गाउँपालिकामा संरचना रहने गरी निर्माणाधीन ३८ मेगावाटको माथिल्लो आँखुखोला जलविद्युत आयोजनामा सिटिजन्स बैंक इन्टरनेशनलको अगुवाईमा ५ बैंकले साढे ५ अर्ब रुपैयाँ ऋण लगानी गर्न लागेका छन् । धादिङ आँखु खोला हाइड्रो कम्पनीले निर्माण गरिरहेको सो आयोजनामा वित्तीय लगानी जुटेको हो ।

आयोजनामा सिटिजन्ससहित नेपाल एसबिआई, नेपाल बंगालादेश, मेगा र सिभिल बैंकले ऋण लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । आयोजनाको प्रवद्र्धक कम्पनी र बैंकहरूबीच मंगलबार वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतमा कम्पनीका अध्यक्ष अजय सुमार्गी र सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश पोखरेलले हस्ताक्षर गरेका छन् ।

कूल ७ अर्ब ३३ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा बैंकहरूले गर्ने ऋण लगानी ७५ प्रतिशत हो । २५ प्रतिशत स्वपुँजी लगानी छ । अहिले यो आयोजना निर्माणको चरणमा छ । अबको ४ वर्षमा आयोजना सम्पन्न गरी विद्युत उत्पादन गरेर राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्य छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x