Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

वीरगञ्ज भन्सारद्वारा लक्ष्यभन्दा बढी राजस्व संकलन

वीरगञ्ज भन्सारद्वारा लक्ष्यभन्दा बढी राजस्व संकलन

वीरगञ्ज, १३ असोज । मुलुककै सबैभन्दा ठूलो भन्सार कार्यालय वीरगञ्ज भन्सार कार्यालयद्वारा चालू आर्थिक वर्ष २०७८÷७९ को दुई महिना (साउन र भदौ)मा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले साउन र भदौमा २७ अर्ब ५३ करोड ६९ लाख ३९ हजार लक्ष्य पाएकोमा लक्ष्यभन्दा ५ अर्ब बढी आर्थात् ३२ अर्ब ५३ करोड राजस्व संकलन गरेको हो, जुन लक्ष्यभन्दा करिब १८ प्रतिशतले बढी हो ।

गत आव २०७७÷७८ को सोही अवधिमा लक्ष्यको तुलनामा जम्मा ९५ प्रतिशत मात्र राजस्व संकलन भएको थियो । त्यसबेला १७ अर्ब १९ करोड ९९ लाख ६१ हजार राजस्व लक्ष्य पाएकामा १६ अर्ब ४० करोड ७० लाख ८२ हजार राजस्व संकलन भएको थियो ।

वीरगञ्ज नाकाबाट डिजेल, पेट्रोल, सवारी साधन, एलपी ग्यास, सोयाबिन, पाम, सूर्यमुखीको कच्चा तेल, एमएस बिलेट, एचआर सिट, एचआर स्ट्रिप्स, भटमास, पोलिथिन दाना, मोबिल लुब्रिकेन्ट्स, तयारी कपडा, बस ट्रकका चेचिसलगायत सामानको आयात हुँदै आएको छ । सो नाकाबाट दैनिक करिब ८०० ट्रक सामान आयात हुने गरेको छ भने करिब १०० ट्रक सामग्री निर्यात हुने गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x