एक महिनामै ५.३ प्रतिशतले घट्यो कोभिड संक्रमण दर

काठमाडौं, १३ असोज । नेपालमा सेप्टेम्बर महिनामा कोरोना भाइरसको संक्रमण दर उल्लेख्य मात्रामा घटेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका कोरोना परीक्षण गरिएकामध्ये सेप्टेम्बर महिनामा ८.३ प्रतिशतमा मात्र संक्रमण रहेको पाइएको जानकारी दिए । उनका अनुसार अघिल्लो महिना अगष्टमा परीक्षण गरिएकामध्ये १३.६ प्रतिशतमा संक्रमण देखिएको थियो ।

एक महिनाको बीचमा संक्रमण दर ५.३ प्रतिशतले कमी आएको छ । मन्त्रालयका अनुसार सेप्टेम्बर महिनामा पहिलो मात्रा ३१.३ प्रतिशत र पूर्णमात्रा २८.३ प्रतिशतले जनसंख्याले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।

सरकारले यही असोज मसान्तभित्र लक्षित वर्गको ३३ प्रतिशतलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने लक्ष्य राखेको छ । यस्तै पुसमा दुई तिहाइ र चैत मसान्तसम्म सबै लक्षित नागरिकलाई खोप लगाउने सरकारको तयारी रहेको छ ।

अहिलेसम्म एक करोड २९ लाख ५८ हजार ५०८ ले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । मन्त्रालयले खोप लगाउन बाँकी उमेर समूहले आफ्नो पालोमा खोप लगाउन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *