बैंक अफ काठमाण्डूको कार्डवाहकलाई सामसुङका सामान खरिदमा विशेष सहुलियत
काठमाडौं, १३ असोज । सामसुङको सामानहरु खरिदको लागि शून्य प्रतिशत ब्याजदरमा बैंक अफ काठमाण्डू लिमिटेडले सरल किस्ताबन्दी योजना सार्वजनिक गरेको छ । नेपालीहरुको आउदैं गरेको चाडपर्वहरु दशैं, तिहार, नेपाल संवत् तथा छठलाई लक्षित गरी बैंकको क्रेडिट कार्ड बाहकहरुले शुन्य प्रतिशत ब्याजदरको सुबिधामा सामसुङ कम्पनीको स्मार्ट फोन, स्मार्ट वाच, तथा ट्यावलेटहरु सरल किस्ताबन्दीमा खरिद गर्न सक्ने बैंकका अफिसर सुजन पुडासैनीले जानकारी दिए ।
पर्वको बहार, द्यइप् को उपहार भन्ने मुलनाराको साथ सरल किस्ताबन्दी योजनामा क्रेडिट कार्ड वहाकले सजिलो संग सामसुङ ब्राण्डका उल्लेखित सामानहरु किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् । बैंक र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आईएमएस नेपाल प्रा। लि।बीच सो कार्यकोलागि सम्झौता भएको छ ।
यस योजनाको लागि ग्राहकले बैंकको क्रेडिट कार्ड लिनको लागि अनलाइनको माध्यमबाट पनि आवेदन दिन सक्ने छन् ।सरल किस्ताबन्दी योजनामा ग्राहकले शुन्य प्रतिशत ब्याजदरकोे सुबिधा, बिओके क्रेडिट कार्ड जारी गर्दा कुनै शुल्क नलाग्ने, कुनै अतिरिक्त सेवा शुल्क नलाग्ने आदि जस्ता सुबिधाहरु पाउने भएका छन् ।
नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आईएमएस नेपाल प्रा। लि।काठमाण्डौंमा ६ स्थान सहित पोखरा, बुटवल तथा धनगढीमा गरी नेपालभर ९ वटा आधिकारिक शोरुमहरु रहेको छ । बैंकले ९० शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।