मध्य भोटेकोशी जलविद्युत कम्पनीले असोज २० देखि सर्वसाधारणका लागि शेयर जारी गर्ने

काठमाडौं, १३ असोज । मध्य भोटेकोशी जलविद्युत कम्पनीले असोज २० गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ९० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । यसमध्ये ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता सामुहिक लगानी कोष र ४ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ भने बाँकी ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आइपीओमा असोज २५ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *