Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

बैंकिङ प्रणालीमा चर्किंदै तरलता अभाव, आज पुनः ३० अर्बको रिपो जारी गरिँदै

बैंकिङ प्रणालीमा चर्किंदै तरलता अभाव, आज पुनः ३० अर्बको रिपो जारी गरिँदै

काठमाडौं, १३ असोज । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम (तरलता)को अभाव चर्किंदै गएको छ । लगानीयोग्य रकम जुटाउन बैंकहरूले निक्षेपमा ब्याजदर बढाए पनि प्रभावकारी हुन सकेको छैन ।

बैंकिङ प्रणालीमा तरलता अभाव हुँदा यसको सन्तुलनका लागि नेपाल राष्ट्र बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्दै आएको छ । सोही क्रममा आज बुधवार पुनः रू. ३० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ । बैंकले सात दिन अवधिको उक्त परिमाणको रिपो जारी गर्न लागेको हो । यही असोज २० गते परिपक्व हुने सो रिपो वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले बोलकबोलमार्फत खरिद गर्न सक्नेछन् ।

यसअघि केन्द्रीय बैंकले असोज ७ गते पनि ३० अर्बको सात दिन अवधिको, भदौ १७ गते २० अर्बको सात दिन अवधिको, २४ गते १४ दिनको ३० अर्ब र भदौ ३१ गते २० अर्ब रिपोमार्फत रकम उपलब्ध गराएको थियो ।
तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तरबैंक सापटी, स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्छन् । तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले अन्तरबैंक सापटी पाउन छाडेको देखिन्छ । बैंक तथा वित्तीय संस्थाले नियमित रूपमा एसएलएफ सुविधा लिने गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x