Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

शेयर कर्जाको नीति तत्काल हटाउन लगानीकर्ताहरुको आग्रह

शेयर कर्जाको नीति तत्काल हटाउन लगानीकर्ताहरुको आग्रह

काठमाडौं, १३ असोज । शेयर लगानीकर्ता संघ नेपालले अर्थमन्त्राल, नेपाल राष्ट्र बैंक लगायत अन्य सरोकारवाला निकायलाई पुँजी बजारप्रति जिम्मेवार बन्न आग्रह गरेको छ । संघले आज एक विज्ञप्ती जारीगर्दै पुँजी बजारलाई हल्का ढंगले लिएर व्याख्या नगर्न र अभिव्यक्तिहरु नदिन आग्रह गरेको हो ।

मौद्रिक नीतिले बजारमा पारेको नकारात्मक प्रभावप्रति गम्भिर ध्यानाकर्षण भएको पनि संघले जनाएको छ। मौद्रिक नीतिमा कर्जा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड रुपैयाँ र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँ मात्र मार्जीन प्रकृतिको कर्जा लिन सक्ने व्यवस्था गरेको छ । यस्तै सीसीडी अनुपात खारेज गरी सीडी रेसियो कायम गर्नुपर्ने व्यवस्थाले पनि बजारमा नकारात्मक प्रभाव परेको भन्दै तत्काल सच्याउन माग गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x