एडीबीको ‘लिडिङ्ग पार्टनर बैंक’ उपाधि लक्ष्मी बैंकलाई

काठमाडौं, १३ असोज । एसियन डेभेलपमेन्ट बैंक (एडीबी) ले २०२१ को लिडिङ्ग पार्टनर बैंकको उपाधिबाट लक्ष्मी बैंकलाई सम्मानित गरेको छ । सो उपाधि एडीबीको ट्रेड तथा सप्लाई चेन फाइनान्स योजना अन्तर्गत रहेको छ जसमा एडिबीसँग को सहकार्यमा सबै भन्दा बढी कारोबार गर्ने बैंकलाई प्रदान गर्ने गर्छ ।

लक्ष्मी बैंकले सो उपाधि लगातार दोस्रो वर्ष प्राप्त गर्न सफल भएको जनाइएको छ।

‘लिडिङ्ग पार्टनर बैंक’ उपाधिले लक्ष्मी बैंकको व्यापार तथा वित्त, परिचलन क्षमता, वित्तिय स्वास्थ र जोखिम व्यवस्थापानको सुदृधिकारण गर्ने प्रयासहरुलाई अझ सार्थक बनाएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *