Date

आइत, कार्तिक ११, २०८१
Sun, October 27, 2024

नेपाल फाइनान्सको हकप्रद निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल

नेपाल फाइनान्सको हकप्रद निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौं, १३ असोज । नेपाल फाइनान्स लिमिटेडले हकप्रद निष्कासनका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौतामा नेपाल फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलिया र प्रभु क्यापिटल लिमिटेडका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका हुन् ।

फाइनान्सले हाल कायम चुक्ता पूँजी ४९ करोड ३४ लाख ९६ हजार ३ सय २५ रुपैयाँको ७० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ । १ कित्ता बराबर ०.७० कित्ता हकप्रद निश्कासन गरेपछि फाइनान्सको चुक्ता पूँजी ८३ करोड ८९ लाख ४३ हजार ७ सय ५२ रुपैयाँ ५० पैसा पुग्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x