Date

बुध, बैशाख १०, २०८२
Wed, April 23, 2025

नबिल बैंकलाई एडीबीद्वारा लगातार दोस्रो पटक ‘लिडिङ पार्टनर बैंक’ अवार्ड

नबिल बैंकलाई एडीबीद्वारा लगातार दोस्रो पटक ‘लिडिङ पार्टनर बैंक’ अवार्ड

काठमाडौं, १४ असोज । नबिल बैंक लिमिटेडले २०२१ का लागि एशियाली विकास बैंक–ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (टीएससीएफपी)द्वारा नेपालको लिडिङ पार्टनर बैंकको अवार्ड पाएको छ। नबिल बैंकले गत वर्ष पनि सोही अवार्ड प्राप्त गर्न सफल भएको थियो।

एशियाली विकास बैंकको टीएससीएफपीद्वारा व्यापार बित्तको बजारलाई उत्थान गर्दै व्यापारलाई हौशला दिने उद्देश्यका साथ बैंकहरुलाई जमानी र ऋण प्रदान गर्दछ। ट्रेड फाइनान्स प्रोग्रामले जमानी र ऋण मार्फत बजारमा रहेका कठिनाईहरु अन्त्य गरेर दिगो विकासका लक्ष्यहरू हासिल गर्न देशहरूलाई सशक्त पार्दछ।

एशियाली विकास बैंक– ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम घोषणा अनुसार नबिल बैंकले १ जुलाई २०२० देखि ३० जून २०२१ सम्म नेपालमा टीएससीएफपीसँग सबैभन्दा बढी कारोबार रेकर्ड गरेको थियो। सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकको १३५ शाखा, १८४ एटीएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेका छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x