Date

मङ्ल, अशोज २९, २०८१
Tue, October 15, 2024

लाङटाङ खोला जलविद्युत आयोजनामा सनराइज बैंकको अगुवाइमा ३ बैंकले लगानी गर्ने

लाङटाङ खोला जलविद्युत आयोजनामा सनराइज बैंकको अगुवाइमा ३ बैंकले लगानी गर्ने

काठमाडौं, १४ असोज । रसुवाको स्याफ्रुबेसी रहेको लाङटाङ खोला जलविद्युत आयोजनामा वित्तीय लगानी जुटेको छ । उक्त आयोजनामा सनराइज बैंकको अगुवाइमा सिद्धार्थ बैंक र एनसीसी बैंकले करिब ३ अर्ब लगानी गर्ने सम्झौता भएको छ। गत सोमबार प्रवर्द्धक कम्पनी मल्टी इनर्जी डेभलपमेन्ट प्रालि र बैंकबीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो। यस कम्पनीका अध्यक्ष कृष्णप्रसाद आचार्य स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्थाका अध्यक्षसमेत छन्।

२० मेगावाट क्षमताको यो आयोजनको लागत अनुमानित ३ अर्ब ६४ करोड रुपैयाँ रहेको छ। कम्पनीले यो आयोजनाको निर्माणकार्य ठेकेदार परिचालन भएको ३० महिनाभित्र सम्पन्न गरी विद्युत उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ। आयोजनाको निमार्ण पूरा भई उत्पादन हुने विद्युत चिलिमे हब सबस्टेसनमा लगेर जोडिनेछ। यो आयोजना लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्दछ।

कम्पनीका अनुसार आयोजनाबाट वार्षिक १३३.३० गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ। जसमा सुख्खायामको उत्पादन ३४.७ गिगावाट घन्टा र बर्खायामको उत्पादन ९८.६ गिगावाट घन्टा हुनेछ।

पहिले यो आयोजना ईपीसीएफ ९इन्जिनियरिङ, प्रोक्योरमेन्ट, कन्स्ट्रक्सन एन्ड फाइनान्स० मोडलमा निर्माण गर्ने गरी चिनियाँ कम्पनीसँग सम्झौता भएको थियो। तर कोरोना महामारीका कारण चिनियाँ कम्पनीका प्राविधिक तथा कामदार नेपाल आउन नसकेपछि परियोजनाको पुनरावलोकनपश्चात् हाल बीओक्यू (बिल अफ क्वाक्न्टिटी) मोडलमा परियोजनाको निर्माण नेपाली ठेकेदारमार्फत सम्पन्न गर्ने कम्पनीले लक्ष्य लिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x