मेरो देश, मेरै उत्पादन अभियानको निमोनिक लोगो राष्ट्रपति भण्डारीलाई हस्तान्तरण

विराटनगर, १४ असोज । स्वदेशी वस्तुहरुको उपभोग अभिवृद्धि गरी देशलाई आत्मनिर्भर वनाउदै सम्मुनत राष्ट्र निर्माणमा सहयोग पु¥याउने लक्ष्य लिई मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले प्रारम्भ गरेको मेरो देश, मेरै उत्पादनको अभियानलाई अन्तर्गत दुवै संस्थाले तयार पारेको निमोनिक लोगो फ्रेम र प्रतिवद्धता पत्र २०७८ राष्ट्रपति विद्यादेवि भण्डारीलाई हस्तान्तरण गरेको छ ।

उक्त अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रत्येक वर्ष मुलुकको व्यापार घाटा वृद्धि हुने क्रममा रहेको सन्दर्भमा मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले स्वदेशी उद्योग तथा वस्तुको बजार प्रवद्र्धनका लागि संचालनमा ल्याएको यस अभियानमा आफनो पूर्ण साथ, सहयोग र समर्थन रहेको जनाए ।

उनले यस अभियानमा ठूला उद्योगहरुका साथै स–साना स्तरमा संचालनमा रही वस्तु उत्पादन गर्दै राष्ट्रिय अर्थतन्त्रमा सहयोग पु¥याउदै आएका कुटिर, लघु, घरेलु तथा साना एवं महिला उद्यमीहरुको उत्पादनलाई समेत समेटि देशव्यापी रुपमा अभियानलाई सार्थक तुल्याउनु पर्ने सुझाव दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *