Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

कोरोना बीमाको दाबी भुक्तानीमा अर्थमन्त्रीको चासो

कोरोना बीमाको दाबी भुक्तानीमा अर्थमन्त्रीको चासो

काठमाडौं, १४ असोज । सरकारले आफ्नो दायित्व अन्तर्गतको रकम निकासा नगरिदिँदा रोकिएको कोरोना बीमाको दाबी भुक्तानीमा अर्थमन्त्री जनार्दन शर्माले चासो देखाएका छन् ।

कोरोना बीमामा कुल १ अर्ब ५ करोड ५ लाख रुपैयाँ बीमा शूल्क संकलन भएको थियो । दाबी १३ अर्ब १४ करोड १७ लाख रुपैयाँभन्दा बढीको परेको छ । त्यसमध्ये हालसम्म साढे ४ अर्बको हाराहारीमा दाबी भुक्तानी भएको छ । सरकारको दायित्व करिब १० अर्ब रुपैयाँको छ । सरकारले उक्त रकम निकासा नगरिदिँदा बीमा कम्पनीहरूले भुक्तानी रोकेका छन् ।

बुधवार मन्त्री शर्माले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालसहितका पदाधिकारीहरूलाई बोलाएर कोरोना बीमा भुक्तानीका लागि आवश्यक पर्ने स्रोतसाधन र उपायका विषयमा छलफल गरे । यस विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने गरी तयारी थाल्न समितिलाई निर्देशन दिएको बताइएको छ ।

बीमितहरूले दाबी भुक्तानीका लागि ताकेता गरिरहेकाले छिटो रकम निकासा गरेर भुक्तानीलाई सहज बनाउन नेपाल बीमक संघले आग्रह गरेको छ । सरकारले रकम पठाएमा ३ देखि ७ दिनभित्र दाबी भुक्तानी गर्ने कम्पनहरूको दाबी छ ।

नेपालमा कोरोना संक्रमण बढ्दै गर्दा २०७७ वैशाख ७ गतेदेखि कोरोना बीमा पोलिसी शुरू गरिएको थियो । गतवर्षको असार मसान्तदेखि यो बीमा पोलिसीको विक्री बन्द भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x