Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

शाखा विस्तारको निर्देशन पछि वाणिज्य बैंकहरुमा जागिर खुल्यो

शाखा विस्तारको निर्देशन पछि वाणिज्य बैंकहरुमा जागिर खुल्यो

काठमाडौं, २७ चैत्र । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई मुलुकको सम्पुर्ण स्थानिय तहहरुमा आफ्नो उपस्थिती बढाउन निर्देशन दिएको छ । मुलुक संघियताको कार्यन्वयनको क्रममा रहेकाले पनि वित्तीय पहुँच अभिवृद्धि गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई सम्पुर्ण स्थानिय तहमा शाखा विस्तार गर्न भनिएको हो ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा मुलुकको ७५३ वटै स्थानिय तहहरु मध्ये ३७४ स्थानिय तहहरुमा वाणिज्य बैंकहरुले आफ्नो उपस्थिती जनाएको छ । यद्यपी वाणिज्य बैंकहरु थप ३७९ स्थानिय तहमा अझै जान सकेका छैन ।

यता राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई तोकिएको स्थानिय तहहरुमा शाखा विस्तार गर्न भने पछि बैंक तथा वित्तीय संस्थाहरुले सोहि अनुरुप आफ्नो शाखा विस्तारको रणनिती बनाएका छन् । नयाँ शाखा विस्तारले वित्तीय क्षेत्रमा रोजगारी वृद्धि गर्ने देखिएको छ । शाखा विस्तारले नयाँ रोजगारीको सृजना गर्ने हुन्छ, नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द ढुंगानाले बताए । अध्यक्ष ढुंगानाका अनुसार बैंकिङ क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेको छ । साथै यस क्षेत्रमा मानव संशाधन व्यवस्थापनमा पनि चुनौतीहरु रहेका छन् ।

हालका दिनका विभिन्न वाणिज्य बैंकहरुले रोजगारीको लागि आवेदन खुल्ला गरेको छ । वाणिज्य बैंकहरुले खुल्ला गरेको रोजगारीमा सहायक पद देखी उच्च व्यवस्थापकिय पदसम्मका लागि आवेदन मागेको छ । सो रोजगारीमा बैंकहरुले स्थानहरु नै तोकेका छन् । जुन स्थानहरुमा वाणिज्य बैंकहरुले आगामी दिनमा नयाँ शाखा विस्तार गर्ने योजना बनाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x