Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

सनराइज बैंकले १०.०७% ब्याजदरमा ‘पेरोल लोन’ दिने

सनराइज बैंकले १०.०७% ब्याजदरमा ‘पेरोल लोन’ दिने

काठमाडौं, १४ असोज । सनराइज बैंकले विभिन्न संघ संस्था तथा कार्यालयमा कार्यरत कर्मचारीलाई लक्षित गरी सनराइज पेरोल लोन योजना सार्वजनिक गरेको छ । योजना अन्र्तगत बैंकमा पेरोल सेभिङ अकाउन्ट भएका ग्राहकहरुले बिना धितो १५ लाख रुपैयाँसम्मको कर्जा लिन सक्नेछन् । योजना अनुसार ग्राहकले अधिकतम २४ महिनाको तलब अथवा ५ लाख रुपैयाँसम्मको ओभरड्राफ्ट र १० लाख रुपैयाँसम्मको ट्रम लोन गरी अधिकतम १५ लाख रुपैयाँसम्मको कर्जा लिन सक्नेछन् ।

कर्जा लिन ग्राहक कुनै पनि संस्थाको कर्मचारी हुनुपर्ने छ । उक्त कर्जा ५ वर्षसम्मको लागि प्रदान गरिने छ । साथै सनराइज बैंकले आफ्नो १४औं वार्षिकोत्सव र दशैंको अवसर पारेर मुद्दती खातामा सर्वाधिक १०.०७ प्रतिशतसम्मको ब्याज दिने समेत व्यवस्था गरेको छ ।

हाल बैंकले १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६० वटा एटीएम र ९१ वटा शाखारहित बैंकिङ सेवामार्फत् सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x