Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

सरकारले दसैँमा २ हजार खसी तथा बोका बिक्री गर्ने, खरिद प्रक्रिया अगाडि बढ्यो

सरकारले दसैँमा २ हजार खसी तथा बोका बिक्री गर्ने, खरिद प्रक्रिया अगाडि बढ्यो

काठमाडौं, १४ असोज । सरकारले यो वर्षको दसैँमा काठमाडौं उपत्यकाभित्र २ हजार खसी तथा बोका विक्री गर्ने भएको छ । घटस्थापनासम्ममा काठमाडौंको थापाथलीस्थित प्रादेशिक कार्यालयमा ल्याइपु¥याउँने गरी खसी तथा बोका खरिद प्रक्रिया अगाडि बढाएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी प्रादेशिक प्रमुख ज्ञानु थापाका अनुसार यो वर्षको दसैँमा हेटौडा र दाङबाट २ हजार खसी तथा बोका काठमाडौं उपत्यका भित्र्याइने छ । कम्पनीले खसी तथा बोका खरिदका लागि शाखा कार्यालय दाङ र हेटौडालाई पत्रचार गरिसकेको छ ।

दुई जिल्लाबाट ल्याइएको खसी तथा बोका कम्पनीले थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट फूलपातिको दिनदेखि बिक्री सुरू गर्ने जनाएको छ । मूल्य भने निर्धारण अहिले नभएको बताइएको छ ।

त्यस्तै कम्पनीले यो वर्ष च्यांग्रा भने बिक्री नगर्ने भएको छ । गत वर्षको दसैँमा पनि च्याङ्ग्राको मूल्य बढेको भन्दै कम्पनीले बिक्री गरेको थिएन ।
कम्पनीले असोज १ गतेदेखि ३९ जिल्लाका ४३ बिक्री केन्द्रबाट चार्डपर्व लक्षित पसलहरु सञ्चालन गर्दै आएको छ । उक्त पसलहरुबाट चामल, दाल, चिउरा, पिठो र खाने तेलमा रु पाँच तथा भटमासको तेल र कणर्लीको सिमिमा रु १० छुट दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x