साताको अन्तिम दिन नेप्से परिसूचक ३२ अंकले घट्यो
काठमाडौं, १४ असोज । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ३२.५१ अंकले घटेर बन्द भएको छ । गत कारोबार दिन ५० अंकले बढेको बजार बिहीबार उतारचडापकाबीच १.२२ प्रतिशतले घटेर २६३३.४२ विन्दुमा रोकिएको हो ।
२२५ कम्पनीको ७३ लाख २१ हजार कित्ता शेयर ३ अर्ब ७० करोड रुपैयाँमा खरिद विक्री भएको छ । कारोबार रकम हिजोको तुलनामा झण्डै २ अर्ब कम हो ।
आज कारोबारमा आएका १३ समूहमध्ये ३ वटा समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटको छ । परिसूचक वृद्धि हुनेमा उद्योग समूह ३.९२ प्रतिशत, अन्य समूह ०.२७ प्रतिशत, म्युचुअल फण्ड समूह ०.१९ प्रतिशत रहेका छन् ।
आज नेपाल फाइनान्स, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र मैलुङ खोला जल विद्युत कम्पनीको शेयर मूल्य सर्वाधिक वृद्धि भएको छ ।
सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेपाल बैंक लिमिटेडको भएको छ । यो कम्पनीको १२ करोड रुपैयाँको शेयर खरिद विक्री भएको छ ।