Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

होटल संघ नेपाल सम्मानित

होटल संघ नेपाल सम्मानित

काठमाडौं, १४ असोज । सरकारले विश्व पर्यटन दिवसको अवसरमा होटल संघ नेपाललाई सम्मान गरेको छ । कोभिड रोकथामका लागि पु¥याएको अतुलनीय योगदानलाई कदर गर्दै होटल संघलाई सम्मान गरिएको हो ।

उक्त सम्पानपत्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले होटल संघ नेपालका महासचिव साजन शाक्यलाई प्रदान गरे ।

कोभिड–१९ को पहिलो र दोस्रो लहरका कारण अति प्रभावित होटल उद्योगले सर्वत्र ढोका बन्द भएको बखत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र सीसीएमसीसँगको प्रत्यक्ष सहकार्य गर्दै क्वारेन्टिन, आइसोलेसन व्यवस्थापनमा होटल संघले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

उक्त अवसरमा महासचिव शाक्यले आउँदा दिनहरुमा पनि राज्यलाई सक्दो सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x