बैंक अफ काठमाण्डूका कार्ड बाहक ग्राहकले स्मार्ट दशैं अफरमा २० प्रतिशतसम्मको नगदफिर्ता पाउने

काठमाडौं, १५ असोज । बैंक अफ काठमाण्डूको डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकले स्मार्टडोको स्मार्ट दशैं अफरमा २० प्रतिशतसम्म नगदफिर्ता पाउने भएका छन् । चाड दशैंलाई लक्षित गरी स्मार्ट डोकोले असोज १४ गतेबाट संचालनमा ल्याएको स्मार्ट दशैं अफरमा बैंकको कार्डबाहकले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा २० प्रतिशतसम्म नगदफिर्ता वा १५ सय रुपैयाँ नगदफिर्ता पाउने जनाइएको छ।
बैंक अफ काठमाण्डू हाल ९० शाखा कार्यालयहरु, ८० एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।