Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सुनको मूल्य बढेर तोलाको ८९ हजार छ सय पुग्यो

सुनको मूल्य बढेर तोलाको ८९ हजार छ सय पुग्यो

काठमाडौं, १५ असोज । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहीवार दुई सय रुपैयाँले घटेको सुनको मूल्य शुक्रवार नौ सय रुपैयाँले बढेर ८९ हजार छ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीवार छापावाला सुनको मूल्य प्रतितोला ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ८९ हजार एक सय ५० रुपैयाँमा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला ८८ हजार दुई सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रवार चाँदीको मूल्य पनि बढेको छ । बिहीवार प्रतितोला एक हजार हजार एक सय २० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रवार २० रुपैयाँले बढेर प्रतितोला एक हजार एक सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x