Shangrila

सिटी सेन्टरले ल्यायो चाडपर्व लक्षित योजना

काठमाडौं, १९ असोज । काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरले दशैं–तिहार लक्षित योजना ल्याएको छ । शपिङ मलमा आउने ग्राहकलाई सुविधा प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको बताइएको छ ।

किनमेल गर्ने ग्राहकलाई मात्र योजनामा सामेल गर्ने प्रचलन रहेकोमा सिटी सेन्टरले यसपालीको चाडपर्व योजनामा दायरा फराकिलो पारेको छ । असोज १६ गते देखि सुरु भएको यस योजनामा सिटी सेन्टरमा भिजिट गर्ने जो–कसैले सामेल हुन पाउने सिटी सेन्टर व्यवस्थापनले जनाएको छ ।

शपिङ मलमा आउने ग्राहकलाई डेल्ली लक्की ड्र, शपिङ भौचरका साथै विक्ली लक्की ड्र तथा ग्राण्ड लक्की ड्रमा समावेश गराइने बताइएको छ । लक्की ड्रको कुपनमार्फत विजेताका लागि चितवन, पोखरा लगायतका ठाउँमा रहेका होटलमा खाने बस्ने व्यवस्था प्रदान गरिनेछ । यस बाहेक सिटी सेन्टरमा रहेका व्यवसायीहरुले सो अवसरमा ५० प्रतिशतसम्मको छुट, बाइवान गेट वान फ्री लगायतका अन्य आकर्षक छुट तथा योजनाहरु समेत प्रदान गर्ने सिटी सेन्टर व्यवस्थापनले बताएको छ ।
कोरोना महामारीलाई मध्यनजर गर्दै जनस्वास्थ्य मापदण्डलाई पूर्ण पालनामा जोड दिएर सिटी सेन्टर पुनः सञ्चालनमा ल्याएइको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *