Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

मेरो माइक्रोफाइनान्सले २१.०५ प्रतिशत लाभांश दिने

मेरो माइक्रोफाइनान्सले २१.०५ प्रतिशत लाभांश दिने

काठमाडौं, १९ असोज । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आव २०७७र ७८ को मुनाफाबाट शेयरधनीलाई २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती भएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले उक्त लभांश प्राप्त गर्ने छन् ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट गत वर्ष शेयरधनीलाई १६.९४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.८९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x