Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

भूकम्पपछिको निजी आवास पुनर्निर्माण ८५ प्रतिशत सम्पन्न

भूकम्पपछिको निजी आवास पुनर्निर्माण ८५ प्रतिशत सम्पन्न

काठमाडौं, २१ असोज । भूकम्पमा क्षतिग्रस्त भएका सात लाखभन्दा बढी घरको पुनर्निर्माण सम्पन्न भएको छ । भूकम्पको साढे सात वर्ष बित्दा कुल लाभग्राहीमध्ये झण्डै ८५ प्रतिशतले घर सम्पन्न गरेर पूरा किस्ता लिइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ ।

अन्य सार्वजनिक संरचनाको पुनर्निर्माणभन्दा निजी आवासमा प्रगति बढी देखिएको छ । सरकारले भूकम्प प्रभावित भनी सूचीकृत गरेका ३२ जिल्लामा जम्मा लाभग्राही आठ लाख ६६ हजार १६० रहेका छन् । तीमध्ये आठ लाख २९ हजार ६६७ सँग अनुदान सम्झौता भएको थियो । प्राधिकरणले एक हजार १०२ सम्भावित बस्तीलाई जोखिमयुक्त बस्तीका रुपमा सूचीकृत गरेको थियो । तीमध्ये ६८ बस्तीका चार हजार ७२० घरका लागि जग्गा व्यवस्थापन गरिसकेको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवलीले बताएका छन् ।

कुल १२० एकीकृत बस्ती निर्माण तथा सुधार गर्नुपर्नेमा जम्मा ६८ सम्पन्न भइसकेको छ भने ५२ निर्माणाधीन अवस्थामा रहेको प्राधिकरणले जनाएको छ । सुरक्षित घर निमाणसम्बन्धी प्रविधिको विकास र जनस्तरमा हस्तान्तरण भएको प्राधिकरणको भनाइ छ । स्थानीय निर्माण सामग्रीबाट बनेका घरका लागि समेत प्रबलीकरण प्रविधिको विकास र कार्यान्वयन भएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x