हिमालयन बैंकले २६ प्रतिशत लाभांश दिने

काठमाडौं, २१ असोज । हिमालयन बैंकले शेयरधनीलाई २६ प्रतिशत लाभांश दिने भएको छ । बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट २१.३६ प्रतिशत बोनस शेयर र ४.६४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको उक्त प्रस्ताव राष्ट« बैंकले स्वीकृत गरेपछि र बैंकको आगामी साधारणसभाबाट पास भएपछि शेयरधनीले पाउने छन् ।

बैंकले गत वर्ष बैंकले २ अर्ब १६ करोड वितरणयोग्य नाफा कमाएको थियो ।

Shangrila

Leave a Reply

Your email address will not be published. Required fields are marked *