Date

सोम, असार २३, २०८२
Mon, July 7, 2025

यस वर्ष नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

यस वर्ष नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

असोज २१, काठमाडौं । चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत रहने प्रक्षेपण विश्व बैंकले गरेको छ । बैंकले बिहीबार ‘साउथ एशिया इकोनोमी फोकस’ सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो ।

कोभिडविरुद्ध खोप लगाउने क्रम बढेको, आर्थिक व्यावसायिक गतिविधि चलायमान बन्दै गएको, पर्यटन क्षेत्र खुल्दै गएको र विप्रेषण आय समेत बढ्ने अनुमान गर्दै बैंकले उक्त प्रक्षेपण गरिएको प्रतिवेदनमा भनिएको छ ।

विश्व बैंकले गरेको मुलुकको आर्थिक वृद्धिको प्रक्षेपण चालू आवमा सरकारले लिएको लक्ष्यभन्दा ३.१ प्रतिशत कम हो । यस वर्षको आर्थिक वृद्धिको लक्ष्य ७ प्रतिशत रहेको छ । यस वर्ष गत आवको भन्दा १.८ प्रतिशतले बढी आर्थिक वृद्धि हुने बैंकले बताएको छ । सार्वजनिक प्रतिवेदनका अनुसार नेपालको आर्थिक वृद्धि आगामी आवमा ४ दशमलव ७ प्रतिशत रहने अनुमान गरिएको छ । बैंकले यस वर्ष समग्र दक्षिण एशियाको आर्थिक वृद्धिदर भने ७.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *