Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

मुक्तिनाथ कृषि कम्पनीले आइपीओ निष्कासन गर्ने

मुक्तिनाथ कृषि कम्पनीले आइपीओ निष्कासन गर्ने

काठमाडौं, २१ असोज । मुक्तिनाथ कृषि कम्पनीले ४ करोड रूपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ निष्काशनका लागि कम्पनीले मेगा क्यापिटल मार्केट्सलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

उक्त सम्झौता पत्रमा मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकाल र मेगा क्यापिटल मार्केट्सका प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

कृषि क्षेत्रमा काम गर्ने अभिप्रायले निजी क्षेत्रको लगानीमा स्थापना भएका कम्पनीहरु मध्ये सर्वसाधारणको लागि शेयर जारी गर्ने यो पहिलो कम्पनी हुनेछ । आगामी चैत मसान्तभित्र आइपीओ निष्काशनको सबै प्रक्रिया पुरा गरी जारी गर्ने जनाइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x