Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

बेलायतले नेपाललाई ‘रेड–जोन’ बाट हटायो

बेलायतले नेपाललाई ‘रेड–जोन’ बाट हटायो

काठमाडौं, २२ असोज । बेलायतले नेपाललाई ट्राभल एडभाइजरीमा ‘रेड–जोन’ बाट हटाएको छ । कोरोना महामारी बढ्दो क्रमसँगै बेलायतले अन्तर्राष्ट्रिय यात्राका लागि प्रतिबन्धसहित विभिन्न देशलाई रेड जोनमा राख्दै आएको थियो ।

बेलायतका यातायात मन्त्री ग्रान्ट सापले बिहीबार ट्वीटरमार्फत यात्रा सूचीको पुनरावलोकन गर्दै नेपाललगायत ४७ वटा देशलाई रातो सूचीबाट हटाउने निर्णय गरेको सार्वजनिक गरे । यो निर्णय अक्टोवर ११ गते बिहान चार बजेदेखि लागू हुने जनाईको छ। बेलायतको रातो सूचीमा अब पानामा, पेरु, इक्वेडोर, कोलम्बिया, हाइटी, भेनेजुयला र डोमिनिक रिपब्लिक मात्र बाँकी छन् ।

सूचिबाट हटेपछि कोभिड विरुद्धको खोपको दुबै डोज लगाएका यात्रुले नेपालबाट बेलायत आउँदा होटेल क्वारेन्टिन बसिराख्नुपर्ने छैन् ।

नेपाल सरकारले विदेशी पर्यटकलाई नेपाल आगमनको ढोका खुला गरेसँगै व्यवसायीहरुले केही देशहरुले नेपाललाई अझै पनि ट्राभल एडभाइजरीमा ‘रेड–जोन’ मा राखि नै रहेको भन्दै पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउन सरकारले तत्काल रेड जोनबाट हटाउन पहल गर्नुपर्ने माग राख्दै आएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x