Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

७४ हजार चार सयले बुद्धभूमिको शेयर पाए

७४ हजार चार सयले बुद्धभूमिको शेयर पाए

काठमाडौं, २२ असोज । बुद्धभूमि नेपाल हाइड्रोपावरले आइपीओ बाँडफाँट गरेको छ । गोलाप्रथामार्फत ७४ हजार चार सय जना सर्वसाधारणले १० कित्ताका दरले शेयर पाएका छन् । कुल २० लाख ३० हजार नौ सय ९५ जनाले आवेदन दिएकामा १६ हजार ३३ जनाको आवेदन रद्द भएको थियो ।

रितपूर्वक आवेदन दिएका २० लाख १४ हजार नौ सय २२ जनालाई गोलाप्रथामा सहभागी गरिएको थियो । कम्पनीले कुल ८ लाख कित्ता साधारण शेयर निष्कासन गरेको थियो । आइपीओको नतिजा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटको वेबसाइट र निष्कासनकर्ता कम्पनी बुद्धभूमि नेपालको वेबसाइट र सिडिएसको वेबसाइटबाट हेर्न सकिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x