Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एम बैंकसँग आबद्ध ४ सय ५० बढी सहकारीमा डिजिटल कारोबार गर्न सकिने

एम बैंकसँग आबद्ध ४ सय ५० बढी सहकारीमा डिजिटल कारोबार गर्न सकिने

काठमाडौं, २२ असोज । इसेवा र सबैभन्दा बढि सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने एम बैंकबीच डिजिटल भुक्तानीको सम्झौता भएको छ । सहकारी संस्थाहरूलाई पनि डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले दुई कम्पनीबीच सहकार्य भएको जनाइएको छ।

सम्झौतासँगै एम बैंकले सेवा दिइरहेका ४ सय ५० बढी सहकारीमा अबदेखि थप डिजिटल रूपमा भुक्तानी गर्न सकिने इसेवाले जानकारी दिएको छ।

एम बैंकमार्फत सहकारीबाट बैंकमा रकम ट्रान्स्फर, इसेवा वालेटमा रकम लोड, क्यूआर भुक्तानी, सबै किसिमको युटिलिटी पेमेन्ट, सेयर खरिदको भुक्तानी, मेरो सेयर÷डिम्याट नविकरण, राजस्व, ट्राफिक जरिवाना भुक्तानी लगायतका सेवा उपयोग गर्न पाइनेछ । हाल स्क्यान एण्ड पे सेवाको सुरूवात भइसकेको छ भने अन्य सेवा निकट भविष्यमै उपलब्ध हुने जानकारी दिइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x