Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

दशैं र अर्थतन्त्र : आयको पुनर्वितरणले ग्रामीण अर्थतन्त्र समेत चलायमान

दशैं र अर्थतन्त्र : आयको पुनर्वितरणले ग्रामीण अर्थतन्त्र समेत चलायमान

काठमाडौं, २५ असोज । खुशीको लहर र उमंगको रौनक लिएर यतिबेला हाम्रो घर आँगनमा दशैंको माहोल छाइसकेको छ । मान्यजनको आशिर्वाद र पारिवारिक सम्मिलनको अवसर जुटाउने दशैं सामाजिक सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण पर्व हो । तर यो चाडसँग आर्थिक पाटो पनि अभिन्न रूपमा जोडिएको छ, जसले आर्थिक व्यावसायिक क्षेत्रमा उत्साह ल्याउँछ र समग्रमा मुलुकको अर्थतन्त्रलाई नै चलायमान बनाउँछ ।

राम्रो लगाउनु र मिठो, मसिनो खानु त दशैंको विशेषता नै हो । लत्ताकपडादेखि गरगहना, सवारी साधनदेखि टीभी, फ्रिज र वासिङ मेसिन जस्ता विद्युतीय उपकरण, मरमसलादेखि माछामासु र फलफूलको किनबेच पनि यही बेला चम्किने गर्छ । मासुका लागि ३० लाखभन्दा बढी खसीबोका र च्यांग्रा दशैंकै बेला खपत हुने अनुमान छ । यस्तै वर्षभरि हुने कुल कारोबारको ३० प्रतिशतभन्दा बढी व्यापार दशैं, तिहार, छठ लगायतको पर्वमा हुने गर्दछ । यसले व्यापारीहरुमा उत्साहजसँगै सरकारको राजस्वमा पनि योगदान पुग्ने अर्थशास्त्री केशव अचार्य बताउछन् ।

वस्तुतः दशैं उपभोगको चाडमा बदलिएको छ । अत्यावश्यक सामग्रीको मात्र होइन, विलासीताका वस्तुको उपभोग ह्वात्तै बढेको छ । यही बेला हुने महंगीको मार अर्को तिर छ । यो वर्ष त झन् छिमेकी मुलुक चीनबाट सामान आयातमा सकस भएपछि बजारमा लत्ताकपडा लगायतका वस्तुको अभाव छ । यही मौका छोपेर व्यापारीले मनोमानी मूल्य निर्धारण गरेको गुनासो उपभोक्ताको छ ।

विभिन्न पेश, व्यवसाय, अध्ययन वा अन्य कुनै कामले ग्रामीण क्षेत्रबाट शहर पसेकाहरु दशैं, मनाउन आफ्नो गाउँ फर्कने गर्छन् । सामान्य अवस्थामा काठमाडौं उपत्यकाबाट मात्रै करिब २० लाख मानिस बाहिरिने गर्छन् । यसले आयको पुनर्वितरण गरी ग्रामीण अर्थतन्त्रलाई समेत चलायमान बनाउने अर्थशास्त्री आचार्यले बताए । शहरका मानिसहरुले गाँउगाँउमा गएर खर्च गर्ने गर्छन् । त्यसले ग्रामिण अर्थतन्त्रलाई समेत टेवा दिने उनको विश्वास छ । तर हाम्रो जस्तो आयातमुखी अर्थतन्त्र भएको मुलुकमा उपभोगमा धेरै खर्च हुँदा अर्थतन्त्रमा नकारात्मक असर बढी पर्ने उनले बताए । आयातका लागि अर्बौं रुपैयाँ विदेश जाने हुँदा यो बेला हुने अधिकांश खर्चले स्वदेशी भन्दा पनि विदेशी अर्थतन्त्रलाई नै टेवा दिने उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x