Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

मर्जरको सैद्धान्तिक सहमति लिएका बैंकहरुको सिईओ नियुक्तिमा संशोधित व्यवस्था, रिक्त पद पूर्तिका लागि तोकिएको अवधिमा छूट

मर्जरको सैद्धान्तिक सहमति लिएका बैंकहरुको सिईओ नियुक्तिमा संशोधित व्यवस्था, रिक्त पद पूर्तिका लागि तोकिएको अवधिमा छूट

काठमाडौं, २५ असोज । गाभ्ने÷गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति दिइसकेका बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत नियुक्तीमा राष्ट्र बैंकले नयाँ व्यवस्था लागु गरेको छ ।

राष्ट्र बैंकले सोमबार एकीकृति निर्देशिकामा संसोधन गर्दै गाभ्ने÷गाभिने वा प्राप्ति गर्ने सम्वन्धमा राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति लिइसकेको अवस्थामा प्रमुख कार्यकारी अधिकृतको पद रिक्त भएको तीन महिनाभित्र अनिवार्य रुपमा पदपूर्ति गरिसक्नु पर्ने व्यवस्थामा छुट प्रदान गर्न सकिने व्यवस्था गरेको छ।

यसअघि यस्तो अवस्थामा राष्ट्र बैंकको स्वीकृति लिई प्रमुख कार्यकारी अधिकृतको नियुक्तिको समयावधि थप गर्न सकिने व्यवस्था थियो ।

यस्तै राष्ट्र बैंकले २०७९ असार मसान्तभित्र गाभ्ने÷गाभिने तथा प्राप्ति प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार गर्ने गरी दुई वा दुईभन्दा बढी वाणिज्य बैंकहरु एकापसमा गाभ्ने÷गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भएमा एक पटकका लागि ६५ वर्ष उमेर नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त÷पुनः नियुक्त गर्न कुनै बाधा नहुने व्यवस्था गरेको छ । यसअघिको निर्देशिका अनुसार २०७८ असार मसान्तसम्म स्वीकृति लिएका बैंकहरुले मात्र ६५ वर्ष नाघेकालाई नियुक्त गर्न सक्ने व्यवस्था थियो ।

राष्ट्र बैंकका अनुसार ६५ वर्ष नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त÷पुनः नियुक्त हुन योग्य हुने छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x