Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सेयर बजारमा ३ अंकको बृद्धि

सेयर बजारमा ३ अंकको बृद्धि

काठमाडौं, २८ चैत । बुद्यबार सेयर बजारमा सामन्य बृद्धि भएको छ । हिजो सात अंकले घटेको बजार आज ३.१० अंकले बढेर १२७३.३३ बिन्दुमा उक्लिएको छ ।

आज बैंकिङ, हाइड्रोपावर, इन्स्योरेन्स, उत्पादन तथा प्रशोधन र माइक्रोफाइनान्स समूहको परिसूचक उकालो लागेपनि होटल, विकास बैंक, फाइनान्स र अन्य समूहको परिसूचक भने ओरालो लाग्यो ।

एक सय ५८ कम्पनीको २८ करोड रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएकोमा नविल बैंक लिमिटेडको प्रमोटर सेयरको सबैभन्दा बढी कारोबार भएको छ । त्यस्तै सो दिन नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने हिमालयन डिष्टिलरीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x