Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

एनआईसी एशिया बैंक र आईएफसी बीच दीर्घकालीन कर्जा सम्झौता

एनआईसी एशिया बैंक र आईएफसी बीच दीर्घकालीन कर्जा सम्झौता

काठमाडौं, २८ चैत । एनआईसी एशिया बैंक लिमिटेड र आईएफसी वीच दीर्घकालीन कर्जा लिने–दिने सम्बन्धमा कर्जा सम्झौता भएको छ। उक्त कर्जा सम्झौतामा बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र आईएफसीका तर्फबाट उक्त संस्थाका आवासीय प्रतिनिधि रोहन रशिदले हस्ताक्षर गरेका छन् ।

उक्त दीर्घकालीन कर्जा सापट लिनको लागि बैंकले नियमनकारी निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृतिको लागि आवेदन गरिसकेको छ । देशमा विद्यमान तरलताको अभावको अवस्था तथा शोधनान्तर खातामा परेको उच्च चाप जस्ता कारणहरुले स्वदेशी बजारबाट मात्र पयाप्त स्रोत परिचालन गरी सरकारले निर्दिष्ट गरेको आर्थिक वृद्धि हासिल गर्नका लागि चाहिने कर्जाको मागलाई पूर्ति गर्न नसकिने वातावरणलाई मध्यनजर गर्दै बैंकले अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाबाट दीर्घकालीन कर्जा लिने सम्बन्धमा पहल गरेको हो । उक्त दीर्घकालीन कर्जा प्रस्ताव नियमनकारी निकायबाट स्वीकृत भई कर्जा सापटी लिई देशमा परिचालन गर्न सकेको खण्डमा बाह्य क्षेत्रबाट समेत स्रोत संकलन गर्ने तथा परिचालन गर्ने प्रयासमा कोशेढुंगा सावित हुने विश्वास बैंकले लिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x