Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

पुराना ऐन, कानुन संशोधन गर्ने प्रधानमन्त्रीको आश्वासन

पुराना ऐन, कानुन संशोधन गर्ने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं, २८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग व्यवसायसँग सम्बन्धित पूराना ऐनहरु समय सापेक्षा संशोधन गर्ने बताएका छन् । आज नेपाल उद्योग बाणिज्य महासंघको ५२ औं बार्षिक साधारण सभा उद्घाटन समारोहमा उनले व्यवसायीहरुकै संलग्नतामा छुटै परामर्श समिति बनाएर ऐन संशोधन लगायतका अन्य व्यवसायीक समस्या हल गर्ने विश्वास व्यक्त गरे ।

सरकार, नीजि र सार्वजनीक क्षेत्रसँग सहकार्य गर्दै मुलुकको आर्थिक विकासमा अघि बढ्ने पनि उनले बताए । त्यस्तै कर सम्बन्धि ऐनहरुलाई पनि परिमार्जन गर्दै जाने बताए ।

त्यस्तै उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले मुलुकमा लगानीमैत्री वातावरण सृजना गर्नुपर्ने भन्दै पुराना ऐन कानुन संशोधनका लागि सरकारसँग माग गरिन । निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापनमा राज्यले विशेष ध्यान दिनुपर्ने पनि अध्यक्ष राणाको भनाई थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x